Tuesday, June 3, 2014

Pagalpremee Novel by Jitendra Sahayogee Page-1

Pagalpremee Novel by Jitendra Sahayogee Page-1

पंकजले पत्र पायो । पत्रैमा पठाइएको परिप्लावित पुष्प पनि पायो । पंकजले पत्रमा पुष्प पनि पायो । पत्र प्रेषकले पत्र प्रापकलाई पत्रमा पुष्प पनि पठाएछन् । पत्रमा पठाइएको पत्रपुष्प पंकजले पायो । पत्रपुष्पको परिमल पायो । प्रसूनको परिमल पायो ।
पंकजले पत्रमित्रताको पृष्ठभूमि पहिलोपल्ट पायो । पत्रमित्रताले परिपे्ररित पत्र पंकजले पहिलोपटक पायो । पत्रमित्रताको प्रस्तावले प्रसन्न पार्यो पंकजलाई । पाँच पानाको पत्र पंकजले पाउँदा परमानन्द पायो । पत्रमित्रताको पुष्पबाट प्लावित परिमलले पूर्ण्ाानन्द पंकजले पहिलोपल्ट पायो । पंकज पूर्ण्ाानन्दको पोखरीमा पहिलोपल्ट पौड्यो । पत्रमित्रताको पोखरीमा पौड्ने परिस्थिति पंकजले प्रथम पटक पायो ।
पश्चिम पाल्पाको पुरनपुरकी पदमिनीले पर्ूवको पाँचथरको प्रेमनगरमा पंकजलाई पत्र पठाइछिन् । पत्रमित्रताको प्रस्तावसहित पदमिनीले पंकजलाई पत्र पठाइछिन् ।
पत्र पे्रषकमा पदमिनी पाण्डे परिन् । पत्र प्रापकमा पंकज प्रसाद पटेल पर्यो ।
पहिलो पत्रमित्रको पहिलो पत्र पाणीमा परेपछि पहिलोपल्ट पंकजले पत्र पढ्यो । पाँचथरको पत्रेचट्टानमा पल्टेर प्रसन्नताले पत्रमित्रको पत्र पढ्यो । पाँचौं पानाको पुछारको पुच्छे्टिपोट पनि पढ्यो । पत्रको पुनःश्च पनि पढ्यो । परिगृहीत पत्र पंकजले पढ्यो । परितोषक पत्र पढ्यो । पंकजले पदमिनीको पुच्छे्रसही पनि पत्रको पाँचौं पानामा पायो । पदमिनीले पठाएकी पत्रमा पत्रको पुच्छरमा पदमिनीको पुच्छे्र्रसही पायो । पत्रको पृष्ठभागमा पत्रमित्रको पुच्छे्रसही पायो । पत्रमित्र पदमिनीको पत्र पंकज पुनः पुनः पढ्यो । पहिलोपल्ट पाएको पत्रमित्रको प्रस्तावक पत्रलाई पंकजले पूरा पाँचपल्ट पढ्यो ।
पत्रमित्र पदमिनीको पत्र पढिपछि पंकजको परामनमा पनि पत्रमित्रताको पालुवा पलायो । पंकजको परामनमा पनि पत्रमित्रताको पयोधरले

Pagalpremee Novel by Jitendra Sahayogee Page-1



Jitendra Sahayogee Picture

Jitendra Sahayogee Picture